कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खतराको बादल मडारिरहेकोले अझै ढुक्क हुने अवस्था छैन : दाहाल

नगेन्द्र अधिकारी

काभ्रे — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खतराको बादल मडारिरहेको भन्दै अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन् । दुई कम्युनिष्ट पार्टीको एकता यथास्थितिमा राख्ने गरी आएको सर्वोच्चको फैसला ‘अस्वाभाविक’ भएको भन्दै सतर्क र गम्भीर भएको जनाए । 

खतराको बादल मडारिरहेकोले अझै ढुक्क हुने अवस्था छैन : दाहाल

पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई बुधबार धुलिखेलमा संबोधन गर्दै अध्यक्ष दाहालले जनताको बलमा प्रतिनिधिसभा विघटन खारेज भए पनि एकता भएका दुई कम्युनिष्ट पार्टीलाई पहिलाकै स्थितिमा फर्काउने निर्णयले ढुक्क हुने स्थिति नभएको बताए ।

‘प्रतिनिधिसभा भंग गरिएपछि हुन त हामी जनताको बीचमा गर्‍यौं, सर्वोच्चले सरकारको निर्णय खारेज गर्‍यो, त्यहाँसम्म त हामी सफल भयौं तर अझै पनि ढुक्क हुने स्थिति छैन, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ,’ उनले भने, ‘त्यही सरकार संवैधानिक इजलासले ७६ (१) को हो भने छ, दुई जनाको इजलासले ७६ (२) को बनाइदिएको छ, त्यो फैसला स्वाभाविक ढंगले आएको छैन, हामी गम्भीर पनि छौं, सतर्क पनि छौं ।’

राजनीतिक उपलब्धिहरु मन नपराउनेको षड्यन्त्रमा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाए ।

प्रकाशित : चैत्र ११, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?