१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ओलीविरुद्ध अविश्‍वास प्रस्ताव आए पनि पारित हुँदैन : मुख्यमन्त्री गुरुङ

आश गुरुङ

लमजुङ — जसले जति विरोध गरे पनि प्रधानमन्त्रीको केपी शर्मा ओलीको विकल्प नभएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु भनेको फलामको चिउरा चपाउनुभन्दा साह्रो रहेको उनको भनाइ थियो ।

ओलीविरुद्ध अविश्‍वास प्रस्ताव आए पनि पारित हुँदैन : मुख्यमन्त्री गुरुङ

मंगलबार लमजुङको घलेगाउँ पुगेका मुख्यमन्त्री गुरुङले भने, ‘ओली कसैले चाहँदैमा प्रधानमन्त्रीबाट हट्न सक्दैन र मिल्दैन । सोंचे जस्तो सजिलो पनि छैन’ उनले भने, ‘अबको २ वर्ष प्रधानमन्त्री केपी ओली नै हो ।’

उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए पनि पारित हुने अवस्था नरहेको दाबी गरे । ‘अविश्वासको प्रस्तावमा विकल्प दिनुपर्छ । साझा क्यान्डिडेट छैन । एमाले नेतृत्वबाहेक अरु विकल्प नै छैन । एमालेमा पनि संसदीय दलका नेता भएकाले ओली नै हो । अरु कसैले नचिताए हुन्छ ।’ एमालेसँग जुन पार्टी मिले पनि सरकार बन्ने उनले उल्लेख गरे ।

‘माओवादी केन्द्र र कांग्रेस मिल्दैन । माओवादी केन्द्र र जसपा पनि सम्भव छैन । सबै मिलेर एमालेलाई बाहिर राख्ने अवस्था छैन । यस्तो अवस्थामा ओलीको विकल्प कसरी खोज्न सकिन्छ ?’ उनले भने, ‘अविश्वासको प्रस्ताव ल्याउन नसक्ने अवस्थामा अरु पार्टी जुटेर सरकार बनाउने अवस्था हुँदैन । एमालेबाहेक अन्य तीन पार्टी मिलेर सरकार बन्ने अवस्था घामजुन मिल्नु जस्तै हो ।’

प्रकाशित : चैत्र १०, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?