१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निकुञ्‍जको नियन्त्रणबाट भाग्यो बाघ 

रूपा गहतराज

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई खाता जैविकमार्ग बर्दियाले चैत ५ गते डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको बाघ भागेपछि निकुञ्जले जगंलभित्र नजान स्थानीयलाई आग्रह गरेको छ। ‘खोरमा राखिएको बाघलाई मुभमेन्ट नियाल्न दुई वटा क्यामरा राखेका थियौं’, बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार साहले भने,‘ मंगलबार बिहान ६ बजेसम्म खोरमै रहेको बाघ फलामेडन्डी भाँचेर निस्किएर प्राकृतिक स्थान जंगलतिर गएको देखिन्छ ।’

निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ कसरी भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । गत बिहीबार बर्दियाबाट बाँकेमा ल्याइएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानीयलाई आक्रमण गरेको थियो ।

प्रकाशित : चैत्र १०, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?