१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

ओलीले देशलाई कम्बोडियाजस्तो बनाउने भए : गगन थापा

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कम्बोडिया जस्तो बनाउन थालेको आरोप लगाएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित नेपाल राष्ट्रिय मगर संघको कर्णाली प्रदेशस्तरीय भेलामा उनले ओलीले संविधानजस्तै देशलाई पनि धुजाधुजा बनाउन लागेको बताए ।

ओलीले देशलाई कम्बोडियाजस्तो बनाउने भए : गगन थापा

‘निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको आयोग हो,’ उनले भने, ‘दुवै आयोग दायाँ र बायाँ खल्तीमा चेपेका ओलीको दुवै खल्तीमा भ्वाङ परिसक्यो ।’ ओलीकरणबाट देशलाई कांग्रेसले मात्र बचाउन सक्ने उनको भनाइ थियो ।

दुई पाइलटले चलाएको जेट विमान दुर्घटना हुँदा कोही सिंहदरबारमा त कोही सडकमा पछारिएको उनको भनाइ छ । नेकपाका नेताहरुको पदलोलुपताको कारण देश नै दुर्घटनामा पर्न लागेको उनले खतरा औंल्याए ।

प्रकाशित : चैत्र ७, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?