१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सरकारले तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधारण : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधारण भएको बताएका छन्  । शुक्रबार बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा उनले छोटो अवधिमा पूर्वाधार तथा विकासमा धेरै काम भएकाे बताएका हुन् ।

सरकारले तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधारण : प्रधानमन्त्री ओली

'हामी सम्पूर्ण रुपमा छोटो अवधिमा देशको आर्थिक परिचय बदल्न चाहन्छौं । छोटो अवधिमा पूर्वाधार विकासका काममा थुप्रै काम भएका छन्,' उनले भने, 'हामी नयाँ एरामा छौं । तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधरण छन् । पूर्वाधार विकासका पक्षमा, सडक निर्माणमा धेरै काम भएका छन् ।'

त्यस्तै उनले नेपाल आधुनिकतामा प्रवेश गरेको बताए । 'आधुनिक नेपालको नारा मैले दिएको छु– कि इतिहास झल्कने, कि आधुनिकता टल्कने । हामी गौरवपूर्ण इतिहासलाई आत्मसात गर्दै आधुनिकताका काम गर्छाैं ।'

कोभिड कहर नभएको भए पर्यटनमा प्रशस्त काम भइसक्ने उनले बताए । 'होटल बन्द हुँदा र एयरपोर्टमा झार पलाएपछि, सबै क्षेत्र बन्द भएपछि पनि सर्भाइभ गरेर दुनियाँको तुलनामा धेरै क्षति हुन नदिइ जोगाएका छौं ।'

प्रकाशित : चैत्र ६, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?