नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्छ : गगन थापा

दीपक परियार

पोखरा — कांग्रेस नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामबाट निर्वाचित जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्ने बताएका छन् । अदालतको निर्णयपछि नेकपा नामको पार्टी नरहेकोले जनप्रतिनिधि पनि नरहेको उनले बताए ।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्छ : गगन थापा

पोखरामा शुक्रबार कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको गण्डकी प्रदेश भेला एवं अधिवेशनको उद्घाटन गर्दै उनले नेकपाबाट निर्वचित सांसद, वडाध्यक्ष, वडासदस्य लगायत जनप्रतिनिधिको पद मरिसकेको बताए ।

‘कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद (विद्या भट्टराई) कुन पार्टीको ? एमाले कि माओवादीको ?,’ उनले प्रश्न गरे, ‘उहाँहरु छान्न पाउने भन्नुहुन्छ । त्यो मत नेकपाले पाएको हो । त्यो मत निर्वाचित भएको जनप्रतिनिधिले छान्न पाउनुहुन्न । यहाँको जनताले छान्न पाउनुपर्छ । नेकपाको नामबाट निर्वाचित भएर आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिन्न । किनकी त्यो पार्टी नै छैन । पार्टी नै नरकिसकेपछि एमाले र माओवादी फरक हुन् । जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्छ र यो ठाउँको निर्वाचनको परिणामलाई मान्दैनौं भनेर हामीले भन्नुपर्छ ।’

अदालतको निर्णयप्रति असहमति प्रकट नगरी ताली बजाउँदै गर्दा नेकपाबाट आएका तमाम निर्वाचन परिणामहरु कांग्रेसले नमान्ने उनको तर्क थियो ।

प्रकाशित : चैत्र ६, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?