चैत तेस्रो साताभित्र भाडा समायोजन गर्न यातायात व्यवसायी महासंघको माग

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । 

 चैत तेस्रो साताभित्र भाडा समायोजन गर्न यातायात व्यवसायी महासंघको माग

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै महासंघले उक्त माग राखेको हो । आफूहरुले दिएको समयसीमाभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिइएको छ ।

यस्तै वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानल अनुमति दिन पनि माग गरिएको छ । प्राविधिक जाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ ।

२० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि महासंघका महासचिव सरोज सिटौलाले बताए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्वाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : चैत्र ५, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?