कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

निर्धक्क भएर खोप लगाउन अपिल

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् ।

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भ एपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले आग्रह गरिन् । अग्रपक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि उनले स्पष्ट पारिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘मचाहिँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भयो । टार्न नसकिने पर्यो । मैले खोप नलगाईकन जाँदाखेरी मिश्रित प्रतिक्रिया आउने भएकाले । म हेरिरहेकी थिएँ । सबैले लगाइसकेपछि लगाउनुपर्ने भए पनि ठीकै छ भनेर बसेकी थिएँ ।

अग्रपंक्तिमा बसेका र जोखिममा भएकाहरुलाई नै पहिले गर्नुपर्छ । म त त्यसै पनि एकदम ठूलो सुरक्षामै छु । बाहिर जानुपर्ने भएको हुनाले मेरो प्रतिनिधिमण्डलमा सामेल हुन सक्ने सम्भावना भएका सदस्यहरुलाई पनि लगाउनुपर्यो । म दाजुभाइ दिदीबहिनीहरुलाई पूर्ण विश्वस्त भएर लगाउन अपिल गर्छु । निर्धक्क भएर लगाउँदा हुन्छ । नयाँ भएको हुनाले अलि अलि शंका हुनु स्वभाविकै हो । तर धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्दछु ।’

राष्ट्रपति भण्डारीले नेपालमा अन्यत्रभन्दा कोभिडको असर न्यून परेको भन्दै त्यस किसिमको सफलता प्राप्त गर्न सकेकोमा त्यसको जस नेपाल सरकार, चिकित्सक, जनप्रतिनिधि, अग्रपंक्तिमा खटिने सबै भोलिन्टियर र सामाजिक संघ संस्थाहरुलाई दिनुपर्ने र मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारी आगाम चैत ९ गते बंगलादेश भ्रमणमा जाँदैछिन् ।

प्रकाशित : चैत्र २, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?