४ महिनापछि भेट्दै ओली, नेपाल र खनाल

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबीच करिब ४ महिनापछि भेटवार्ता हुने भएको छ । यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो ।

४ महिनापछि भेट्दै ओली, नेपाल र खनाल

उनीहरुबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बिहान ११ बजे छलफल हुने लागेको हो । पार्टी अध्यक्षसहित नेताहरुबीच ११ बजे भेटवार्ता हुन लागेको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।

सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापानका कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता हुन लागेको हो ।

भेटमा ओली समूहबाट प्रदीप ज्ञवाली, विष्णु पौडेल र महासचिव ईश्वर पोखरेल तथा नेपाल समूहबाट पनि अरू नेताहरू सहभागी हुँदै छन् ।

ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।

प्रकाशित : चैत्र २, २०७७ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?