कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रतिनिधिसभा पुन:स्थापनापछि पहिलोपटक कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौँ — प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज सोमबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभा पुन:स्थापनापछि पहिलोपटक कार्यव्यवस्थाको बैठक बस्दै

सभामुखको सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन सर्वोच्च अदालतले बदर गरी फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।

पुन:स्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ गते दोस्रोपटक प्रतिनिधिसभा बैठक बसेको थियो । दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक बसेको थिएन । सत्तारूढ दलभित्रको विवादका कारण कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।

आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र २, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?