कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सरकारको नेतृत्व गर्न तयार छु : देउवा

लक्ष्मी साह

बारा — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटको बेला सरकारको नेतृत्व गर्ने अवसर आएमा पछाडि नहट्ने बताएका छन् । 

सरकारको नेतृत्व गर्न तयार छु : देउवा

बाराको पचरौता नगरपालिकाअन्तर्गत भारतीय सीमावर्ती गाउँ बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने क्रममा उनले कांग्रेस पदको लोभी नभएको बताए । ‘जब-जब देशमा संकट आएको छ, तब-तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएको इतिहास छ,’ उनले भने, ‘अहिले पनि देशको राजनीति संकटले सरकार अप्ठ्यारोमा परेकाले त्यसको निकास दिन सरकारको जिम्मेवारी लिन म तयार छु ।’

हेलिकप्टर प्रयोग गरी सभालाई सम्बोधन गर्न आएका उनले खेलकुद विकास गर्न पार्टीले खेलकुदलाई जहिल्यै प्राथमिकतामा राखेको बताए ।

प्रकाशित : चैत्र १, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?