मालपोत कार्यालय सिरहामा बम विस्फोटमा ८ घाइते [अपडेट]

भरत जर्घामगर

सिरहा — सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार मध्याह्न बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् ।

मालपोत कार्यालय सिरहामा बम विस्फोटमा ८ घाइते [अपडेट]

लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका छन् ।

गम्भीर घाइते भएका भण्डारी, मगर र यादवको उपचार सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको र बाँकी समान्य घाइतेको उपचार लहान अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले जानकारी दिए ।

यसैबीच, गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज भण्डारीले इकान्तिपुरलाई बताए । घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा अवस्थित छ ।

'आज बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)का नेता रामविलाश यादवले प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो,' एसपी राजभण्डारीले भने,' उक्त समूहको असन्तुष्ट पक्षले हो वा अन्य कसैले विस्फोट गराएको हो त्यसबारे हामी छानबिन गर्दैछौं ।'

यस्तै, विस्फोटमा परी गम्भीर घाइते भएका ३८ वर्षीय भण्डारीलाई सैनिकको हेलिकप्टरमार्फत काठमाडाैंको टुँडिखेलस्थित सैनिक मञ्चमा ल्यान्ड गराएर उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा लगिने सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभव पाैडेलले जानकारी दिए । विस्फोटमा भण्डारीको तिघ्रामा चोट लागेकाे थियो ।

...

सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ ।

आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज भण्डारीले इकान्तिपुरलाई बताए ।

'आज बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)का नेता रामविलाश यादवले प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो,' एसपी राजभण्डारीले भने,' उक्त समूहको असन्तुष्ट पक्षले हो वा अन्य कसैले विस्फोट गराएको हो त्यसबारे हामी छानबिन गर्दैछौं ।'

प्रकाशित : चैत्र १, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?