निर्वाचन गराउन कांग्रेस सरकारमा जान्छ : शेखर कोइराला

डम्बरसिं राई

खोटाङ — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले अब बन्ने सरकारको प्रमुख काम निर्वाचन गराउने भएको बताएका छन् । प्रेस युनियनले हलेसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अब आउने सरकारले अर्ली या मध्यावधि जे भनेपनि निर्वाचन गराउने नै मुख्य काम भएको बताएका हुन् ।

निर्वाचन गराउन कांग्रेस सरकारमा जान्छ : शेखर कोइराला

सर्वोच्चको निर्णयले एमाले–माओवादी छुट्याइ दिएको र त्यसपछि राजनीतिक अवस्था झनै बिग्रेर गएको कोइरालाले बताए । ‘सर्वोच्चको निर्णयपछि मुलुक झनै अनिर्णयको बन्दी बनेको छ, ’ उनले भने, ‘संसद् चल्न सकेको छैन, यसले अवस्था झनै डामाडोल भयो ।’ उनले निर्वाचन गराउन कांग्रेस सरकारमा जाने बताए ।

अब बन्ने मिलिजुली सरकारले बहुमतको जस्तो काम गर्न नसक्ने भएकाले निर्वाचन मात्र गराउने कोइरालाको भनाइ थियो । विप्लव र रेशम चौधरी दुवै गलत गतिविधिमा संलग्न रहे पनि सत्तासाझेदारीको उद्देश्यले विप्लवलाई छुटकारा दिएको र चौधरीलाई पनि छोड्ने प्रयत्न भइरहेको कोइरालाले सुनाए ।

आउने कांग्रेसको १४ औं महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने समेत कोइरालाले सुनाए । ‘सभापतिका लागि उम्मेदवारी दिने सोच बनाएको छु । त्यसका लागि साथीहरुसंग सल्लाह गरिरहेको छु, ’ उनले भने ।

प्रकाशित : चैत्र १, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?