चन्द समूह र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच तीन बुँदे सहमति 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द समूह र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ । 

चन्द समूह र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच तीन बुँदे सहमति 

शनिबार चन्द नेतृत्वको नेकपा र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्नेलगायत ३ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार दुवै पार्टीले दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागी बनाउने निर्णय भएको संयुक्त विज्ञप्तमा उल्लेख छ ।

सरकारसँग सहमति गरेर प्रतिबन्ध फुकुवा भएसँगै चन्दले भेटघाट तथा औपचारिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?