कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

६० जना कोरोना संक्रमित थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६० जना कोरोना संक्रमित थपिए

यस्तै, शनिबार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको छ ।

मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १२ हजार ७ सय ९६ पीसीआर परीक्षण भएका छन् ।

यस्तै,शनिबार कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?