कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् । 

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् । कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

उनले भने,‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी । कम्युनिस्ट एकदलिय सर्वसत्तावाद लागु गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ । स्थायी गराउन, कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौं हामीले । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौं । अहिले पनि कम्युनिस्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने,‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

सभापति देउवाले नेपाली कांग्रेस पार्टीभित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाई छ । उनले भने,‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरुलाई पनि नेपालको संविधान अनुरुप बराबर नै ३३ प्रतिशत महिलाहरुलाई हाम्रो पार्टीमा पनि आरक्षण गरेका छौं हामीले । महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन । महिला शक्ति हो । जिताउन सक्छ महिलाहरुले, हराउन पनि सक्छ । महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ । महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुपर्‍यो ।’

सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने,‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

महिला मतदातालाई नेपाली कांग्रेस पार्टीमा आकर्षित गराउनुपर्नेमा सभापति देउवाले जोड दिए ।

प्रकाशित : फाल्गुन २९, २०७७ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्

एकीकरण मार्गमा पदयात्रा

नगेन्द्र अधिकारी

काभ्रे — नेपाल एकीकरणको समयमा काभ्रेमा प्रयोग भएका मार्गमा शनिबार पदयात्रा गरिएको छ ।

कोटहरुको पहिचान गरी संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्न काभ्रेमा नेपाली सेना तथा स्थानीय तहहरुको संयोजकत्वमा धुलिखेलबाट पनौतीसम्मको काभ्रे एकीकरण मार्ग पदयात्रा गरिएको हो ।

एकीकरणका लागि तत्कालीन समयमा सेनाले प्रयोग गरेका मार्गमध्ये धुलिखेलबाट देवीस्थान, काभ्रेकोट, चौकोट, शारदाकोट हुँदै पनौती रुटमा पदयात्रा भएको हो । वि.सं १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात चौकोट–शारदाकोट–गोरखनाथ हुँदै वि.सं १८२० कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको थियो ।

भ्रमण वर्ष २०२० को सन्दर्भ समेत पारेर गत वर्ष तय भएको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित भएको थियो । प्रधानसेनापती पूर्णचन्द्र थापाले शनिबार पदयात्रा उद्धघाटन गरेका थिए ।

पदयात्राकै क्रममा धुलिखेलस्थित देवीस्थानमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । एकीकरणका सन्दर्भमा प्रयोग भएका कोट, गढीहरु जानकारी गराइएको थियो । पदयात्राको लागि ब्रिफिङ स्टल, मेडिकल प्वाइन्ट, खानेपानी प्वाइन्टका साथै स्थानीय तहबाट आफ्नो क्षेत्रको मौलिक कला तथा संस्कृति झल्कने झाँकीहरु समेत प्रदर्शन गरिएका थिए ।

कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाका अनुसार तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा वि.सं १८०३ देखि वि.सं १८२० सम्म काभ्रे जिल्लामा प्रयोग गरिएका ६ वटा पदमार्ग पहिचान गरी नामाकरण गरिएको छ । ती पदमार्गले नगरकोट, नाल्दुम, महादेवपोखरी, अर्नकोट, पलाञ्चोकगढी, भवरकोट, तिमालकोट, धुलिखेल, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती, खड्पु, बनेपा, साँगा, नाला लगायतका स्थान जोडेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×