१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

काठमाडौंबाट साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट ४ जनालाई युरेनियमसहित बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

काठमाडौंबाट साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ

युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ ।

बरामद भएको बस्तु युरेनियम नै भएको कुरा खुमलटारस्थित नास्टको प्रयोगशालाबाट प्रमाणित भएको पनि एआईजी पालले बताए । युरेनियम-२३५ र युरेनियम-२३८ गरी २ प्रकारको हुने गर्छ । प्रशोधन गरिएको युरेनियम-२३५ हो भने प्रशोधन नगरिएको युरेनियम-२३८ हो ।

प्रहरीले बरामद गरेको युरेनियम-२३८ रहेको पनि एआईजी पालले बताए ।

पक्राउ पर्नेहरुविरुद्ध विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम छानबिन र अनुसन्धान अघि बढाइने पनि पालले बताए ।

यति ठूलो परिमाणमा युरेनियम कहाबाट आयोभन्नेबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ । नेपालमा युरेनियम बरामद भएको सम्भवत: पहिलो पटक हो ।

प्रकाशित : फाल्गुन २८, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?