कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विधान टुं‌गाे नलगाई सकियो जसपा संसदीय दलको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक विधान टुं‌गाे नलगाई सकिएकाे छ ।

विधान टुं‌गाे नलगाई सकियो जसपा संसदीय दलको बैठक

४ बजे का‌ंग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेताहरुले समय तय गरेका हुनाले विधान र संसदीय दलकाे नेताबारे निर्णय नगरी देउवा निवास गएका हुन् । प्रमुख सचेतक उमाशंकर अरगरियाले कांग्रेससँग छलफल गर्नेुपर्ने भएकाले संसदीय विधानबारे छलफल नगरी उठ्नु परेकाे बताए ।

संसदीय दलको विधान पारित गर्ने, दलको नेता चयनलगायतका विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । बैठकपछि अध्यक्ष उपेन्द्र यादवले विधान मस्यौदाकारले समय मागेपछि आज कुनै निर्णय नभएको बताए ।

भावी सत्ता गठबन्धनमा कुन दलसँग लाग्ने भन्ने विषयमा पनि जसपाभित्र छलफल जारी छ ।

बिहीबार साँझ सत्तारुढ नेकपा (एमाले) लाई बालुवाटारमा भेटवार्ता गर्दै जसपा नेताहरुले आफ्ना माग सम्बोधनका लागि सुनिश्चितता माग गरेका थिए ।

प्रकाशित : फाल्गुन २८, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?