२४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना संक्रमण, ६१ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना संक्रमण, ६१ जना संक्रमणमुक्त

यस्तै, शुक्रबार ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।

मुलुकभर ९ सय २९ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १० हजार ४ सय ३४ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?