२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

वर्तमान सरकार टिकाउने नटिकाउने भन्ने बारेमा मलाई कसैले केही भनेको छैन : माधव नेपाल

इकान्तिपुर डेस्क

काठमाडौँ — एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकार टिकाउने नटिकाउने भन्ने बारेमा आफूलाई कसैले केही नभनेको बताएका छन् ।

वर्तमान सरकार टिकाउने नटिकाउने भन्ने बारेमा मलाई कसैले केही भनेको छैन : माधव नेपाल

संसद् भवनमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले सरकारको निरन्तरताको विषयमा छलफल गर्नका लागि सरकारका मानिसहरु आफूसँग कुरै गर्न नआएको बताएका हुन् । उनले भने,' मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन ।'

उनले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताए । 'छलफल, बहस र विवादबाटै हामी कहिल्यै पनि डराउँदैनौं । यो राजनीतिज्ञहरुको विशेषता पनि हो,' उनले भने ।

एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन २६, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?