कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संसद्‍मा अब नयाँ खेल सुरु हुन्छ : झलनाथ खनाल

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद्‌मा नयाँ खेल सुरु हुने बताएका छन् । उनले संसद् भनेको राजनीतिक दलहरुका लागि सबैभन्दा माथिको राजनीतिक मञ्च भएको बताउँदै अब नयाँ खेल सुरु हुने बताएका हुन् । 

संसद्‍मा अब नयाँ खेल सुरु हुन्छ : झलनाथ खनाल

बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरसँग कुरा गर्दै नेता खनालले भने,'देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो । अब नयाँ खेल सुरु हुन्छ । अबका नयाँ परिदृश्यहरु विस्तारै देख्नुहुन्छ । '

उनले संसद् पुनर्स्थापना आफैंमा ऐतिहासिक भएको बताउँदै संविधानको मर्म र भावना अनुरुप अब अगाडि बढ्नुको कुनै विकल्प नभएको बताए ।

यस्तै, उनले वर्तमान सरकारले अबको दुई वर्ष पुरा गर्नुपर्ने बताएका छन् । उनले भने,' नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकारले दुई वर्ष पुरा गरोस् भन्ने चाहान्छु । हाम्रो पार्टीको सरकार भएकाले पार्टीले सरकार जोगाउने हो संसद्को कुरा हो । सरकार जोगाउने हाम्रो पार्टी हो । '

प्रकाशित : फाल्गुन २६, २०७७ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?