कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संसद् बैठकमा नबसी बाहिरिए प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् । संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् ।

संसद् बैठकमा नबसी बाहिरिए प्रधानमन्त्री ओली

उनी समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।

बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।

२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए । संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन् ।

प्रकाशित : फाल्गुन २६, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?