२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भागरथी हत्या प्रकरण : अभियुक्त दिनेशलाई पुर्पक्षका लागि सुधारगृह

तृप्ति शाही

बैतडी — भागरथी भट्टको बलात्कारपछि हत्या घटनाका अभियुक्त दिनेश भट्टलाई बुधबार पुर्पक्षका लागि सुधारगृह पठाइने भएको छ । १६ वर्षीय उनलाई जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृह पठाइने भएको हो ।

भागरथी हत्या प्रकरण : अभियुक्त दिनेशलाई पुर्पक्षका लागि सुधारगृह

सरकारी वकिलको कार्यालयले मंगलबार बिहान उनलाई अदालत पेस गरेकोमा साँझ ६ बजेतिर अदालतले सुधारगृह लैजान आदेश दिएको सरकारी वकिल भानदेव जोशीले बताए । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले सुधारगृह पठाउन आदेश दिएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी सनातन धर्म माविमा कक्षा १२ मा पढ्थिन । माघ २२ गते बिहान घरबाट १ घण्टाको पैदल दुरीमा रहेको विद्यालय गएकी उनी साँझबाट बेपत्ता भएकी थिइन् । माघ २३ गते उनको शव चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जंगलमा फेला परेको थियो ।

प्रकाशित : फाल्गुन २६, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?