१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सत्ता समीकरणका लागि खुला छौं, कार्यदल बनाएर सबै दलसँग वार्ता गर्छौं : महतो

जयसिंह महरा

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्न आफ्नो दल खुला रहेको बताएका छन् । 

सत्ता समीकरणका लागि खुला छौं, कार्यदल बनाएर सबै दलसँग वार्ता गर्छौं : महतो

पार्टीको संसदीय दलको बैठक सकिएपछि महतोले भने, ‘हामी सत्ता समीकरणका लागि खुला छौं । तीनवटै दलसँग सरकार निर्माणका विषयमा कुरा गर्छौं ।’ उनले यसका लागि दलले वार्ता टोली बनाउने पनि बताए ।

नेकपा एमालेसँग सत्ताका विषयमा वार्ता भइसकेको हो ? भन्ने प्रसंगमा उनले आफ्नो दलका सांसद रेशम चौधरीको रिहाई लगायतका विषयमा अपर्झट कुरा भएको तर अब भने वार्ता टोली नै बनाएर कुरा गरिने बताए ।

‘हामी अब उधारोमा कसैसँग पनि सहकार्य गर्दैनौं । विगतका अनुभवमा आधारित रहेर अघि बढ्छौं । पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्छौं,’ उनले भने ।

उनले पार्टीको संसदीय दलको नेता चयनका लागि विधान संशोधन गरिने पनि बताए । संसदीय दलको बैठकमा समसायिक विषयको समीक्षा भएको उनले बताए ।

प्रकाशित : फाल्गुन २५, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?