कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चितवन निकुञ्जमा गैंडा र बाघ मृत फेला 

नारायण शर्मा

नवलपरासी — चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको छुट्टाछुट्टै स्थानमा भाले गैंडा र लिंग पहिचान हुन नसकेको बाघ मृत अवस्थामा फेला परेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । 

निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत अमलटारी नजिक नारायणी नदीको कलकत्ता टापुमा अन्दाजी ३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । उक्त गैंडा जुधेर मृत्यु भएको अधिकारीले बताए ।

योसँगै एक वर्षको अवधिमा निकुञ्जमा २६ वटा गैंडाको मृत्यु भएको छ । तीमध्ये २२ वटा प्राकृतिक र ४ वटा चोरी सिकारीको कारण मृत्यु भएको अधिकारीले जानकारी दिए ।

त्यस्तै, निकुञ्जको सौराहा सेक्टरमा पर्ने चपरचुली खहरे खोला क्षेत्रमा अन्दाजी ४ वर्षको लिंग पहिचान हुन नसकेको पाटे बाघ मृत अवस्थामा फेला परेको छ । बाघको प्राकृतिक कारण मृत्यु भएको हुन सक्ने अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन २५, २०७७ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?