जसपा संसदीय दलको बैठक सुरु - समाचार - कान्तिपुर समाचार

जसपा संसदीय दलको बैठक सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ । 

बैठकमा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत उपस्थित छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा केन्द्रित भएर बैठक बसेको हो । प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल बैठकमा हुँदैछ ।

प्रकाशित : फाल्गुन २५, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि माओवादी केन्द्रको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो ।

प्रकाशित : फाल्गुन २५, २०७७ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×