कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्खर त नयाँ खेल सुरु भयो, हतार नगरौँ :  कांग्रेस महामन्त्री खड्का 

कान्तिपुर संवाददाता

सुर्खेत — सर्वोच्चको फैसलापछि सत्ता समीकरणको चर्चा सुरु भएको बेला कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसले अहिल्यै सरकारमा जाने वा नजाने भन्नेबार बहस गर्न नहुने बताएका छन् । 

भर्खर त नयाँ खेल सुरु भयो, हतार नगरौँ :  कांग्रेस महामन्त्री खड्का 

भर्खरै नयाँ खेल सुरु भएको भन्दै उनले यसको लागि कांग्रेसले परिपक्व निर्णय लिने बताएका छन् ।

‘अहिले पनि कांग्रेसको काँधमा धैर्य, संयम र समयको मागअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको छ,’ मंगलबार बिहान उनले आफ्नो फेसबुक पेजमा भनेका छन्, ‘अहिले नै सरकार वा सरकार बाहिरको बहस गर्ने बेला आएको छैन ।’ देशले कांग्रेसबाट फेरि परिपक्वता र साहसको निर्णयको माग गरेको उनले बताए । विगत ३ महिनाको अनुभवले कांग्रेसलाई यही सिकाएको उनको भनाइ छ ।

सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहने भएका छन् । योसँगै दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा सत्ता समीकरण पनि फेरिने सम्भावना रहेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?