समाचार

जसपामा बहसको केन्द्र : सत्ता सहकार्य कोसँग गर्ने ?

जनता समाजवादी पार्टी प्रतिनिधिसभामा तेस्रो ठूलो दल हो । अहिले उसलाई अन्यथा नभए सत्ताको निर्णायक बन्ने अवसर प्राप्त भएको छ । प्रतिनिधिसभाको ठूलो दल बनेको नेकपा आन्तरिक कलह र सर्वोच्च अदालतको फैसलाले विभाजित भएसँगै सत्ता निर्माणमा जसपाको भूमिका बढेको हो ।

‘व्यक्तिको जमिनको रूख काट्न देऊ’

पारिवारिक निजी वन संघ, नेपाल (एफ्फोन) ले व्यक्तिको स्वामित्वमा रहेका साल र उतिस प्रजातिका रूख कटान तथा जडीबुटी संकलनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ ।

सगरमाथामा अनुमति बिना फोटो र भिडियो खिच्न नपाइने

२०७६ वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा चुचुरोमुनिको हिलारी स्टेपमा आरोहीहरूको भीड देखिने एउटा फोटो विश्वभर भाइरल भयो । नेपाली आरोही निर्मल पुर्जाले खिचेको उक्त फोटो ‘सगरमाथामा ट्राफिक जाम’ शीर्षकमा विश्वभरका दर्जनौं सञ्चारमाध्यमहरूको कभरेजमा पर्‍यो । उक्त तस्बिर छाप्ने न्युयोर्क टाइम्सलगायत अधिकांश विदेशी सञ्चारमाध्यमले नेपाल सरकारको आरोहणमा फितलो व्यवस्थापन भएको भनी आलोचना गरे ।

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र तिम्सिना नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना तिम्सिनालाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र तिम्सिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कुमारी निवास पुनर्निर्माण गरिने

ललितपुरको पाटनस्थित कुमारी छें र कुमारी निवासको पुनर्निर्माण हुने भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार पुनर्निर्माण कार्यको शिलान्यास गरे । 

उर्लाबारी युवक मृत्यु प्रकरण : रणपहेलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणका आरोपित उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेलीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने मंगलबार आदेश गरेको छ ।

‘घरेलु हिंसाले निम्त्याएको दुखान्त’

आइतबार दिउँसो करिब ४ बजे घरबाट निस्किँदा दैलेखको आठबीस नगरपालिका–३, निमायलकी सुकी बडुवालले छिमेकीलाई ‘खेतमा पानी हाल्न जान्छु’ भनेकी थिइन् । उनले चारजना छोराछोरीलाई पनि लस्कर लगाएर सँगसँगै खेततिर लगेकी थिइन् ।

सत्ता समीकरणका लागि खुला छौं, कार्यदल बनाएर सबै दलसँग वार्ता गर्छौं : महतो

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्न आफ्नो दल खुला रहेको बताएका छन् । 

अब सबै एमाले भएपछि तितोपिरो सकियो : गौतम

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटन गरेपछि तत्कालीन नेकपा राजनीतिक रुपमा ओली र दाहाल–नेपाल समूहमा विभाजित भयो । र, कानूनी लडाईं निर्वाचन आयोगमा पुग्यो । तर, तत्कालीन नेकपा उपाध्यक्ष वामदेव गौतम दुवै समूहमा लागेनन्, बरु आफ्नै नेतृत्वमा पार्टी एकता अभियान चलाए । पुस २३ मा राष्ट्रियसभामा बोल्दै गर्दा उनले ‘सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई वैधानिकता दियो भने एमाले र माओवादी आ–आफ्नो घर फर्कने अवस्था आउँछ’ भनेका थिए । 

संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा सहभागी हुन्छौं : अशोक राई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा जाने बताएका छन् ।

देउवा र दाहालबीच बूढानीलकण्ठमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बूढानीलकण्ठ पुगेर भेटवार्ता गरेका छन् ।

संसद् बाहिर रहेका १५ राजनीतिक दलसँग विवेकशील साझाले सहकार्य गर्ने

संसद् बाहिर रहेका १५ राजनीतिक दलहरुसँग विवेकशील साझा पार्टीले सहकार्य गर्न पहल गर्ने भएको छ ।

रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल

सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताएका छन् ।

पालिकागत सरकारी कामकाजको भाषा सिफारिस गर्दै भाषा आयोग

भाषा आयोगले यसै वर्ष पालिकागत सरकारी कामकाजको भाषा सिफारिस गर्ने भएको छ । आयोगले अध्ययन गरी प्रदेशगत सरकारी कामकाजको भाषा किटान गरिसकेको र सरकारलाई बुझाउन बाँकी रहेको जनाएको छ ।

नेकपा अध्यक्ष ऋषि कट्टेल भन्छन् : द्विदलीय अधिनायकवाद लाद्‍ने योजना असफल भएको छ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष ऋषि कट्टेलले नेकपा सर्वोच्च अदालतको फैसलाले इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएको बताएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेस, माओवादी र जसपाकाे विराेध दर्ता

प्रतिनिधिसभामा टेबुल भएको 'संवैधानिक परिषद् (कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश' विरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विराेध गर्ने भएका छन् ।

५९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोपाल किराँतीले पार्टीको नाम र चिन्ह, सन्ध्या तिवारीले नयाँ नाम प्रस्ताव गर्नुपर्ने

नेकपा एकीकरणको खारेज भएसँगै साविक नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा जाने भएपछि गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम परिवर्तन गर्नुपर्ने भएको छ । 

माओवादी केन्द्रको निर्णय : सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने

नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ ।

एकीकरण गर्ने भए १५ दिनभित्र एमाले र माओवादी केन्द्रले निर्वाचन आयोगमा निवेदन दिनुपर्ने

निर्वाचन आयोगले नेकपा सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गर्ने भएको छ ।

ओली र दाहाल अध्यक्ष रहेको 'नेकपा' निर्वाचन आयोगद्वारा खारेज

निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविककै जस्तो अलग–अलग दलका रूपमा कायम रहेको निर्णय गरेको छ । आयोगले त्यसबारे जानकारी संघीय संसद् सचिवालय र सातवटै प्रदेशसभा सचिवालयलाई मंगलबारै गराएको छ ।

चितवन निकुञ्जमा गैंडा र बाघ मृत फेला 

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको छुट्टाछुट्टै स्थानमा भाले गैंडा र लिंग पहिचान हुन नसकेको बाघ मृत अवस्थामा फेला परेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बस्दै छ । दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय अध्यक्ष पुष्पकमल दाहालको सचिवालयको बताएको छ ।

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोमल वलीले रघुजी पन्तविरुद्ध दायर गरिन् गाली बेइज्जतीको मुद्दा

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तले आफ्नो मानहानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी छिन् ।

एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर  प्रधानमन्त्रीले झूट बोल्‍नुभयो : गगन थापा

एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर  प्रधानमन्त्री केपी शर्मा ओलीले झूट बोलेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

धुम्बाराहीमा नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो

साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । म‌ंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।