कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दिदीबहिनी मृत फेला

ज्योति कटुवाल

दैलेख — कर्णाली नदीमा हात बाँधिएको अवस्थामा एउटै घरका दिदीबहिनीको शव फेला परेको छ ।

दैलेखको आठवीस नगरपालिकाको राकम कर्णालीस्थित साईखोला नजिक कर्णाली नदीमा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले दुईजनाको शव फेला पारेका हुन् ।

मृत फेला पर्ने आठवीस नगरपालिका-३ निमायलका स्थानीय मानसिंह बडुवालका १६ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानबाट घटनाबारे विस्तृत कुरा खुल्न नसकेको बताएको छ ।

बाबु मानसिंह बडुवालले भने सामान्य घरायसी विवाद भएकाले श्रीमतीले छोरी लिएर घरबाट निस्केको बताएका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले भने थप अनुसन्धन भइरहेको बताएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७७ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?