२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दाहाल–नेपाल समूहको निष्कर्ष : एमाले र माओवादी अलग अलग जाने

सर्वोच्चको फैसला मान्छौं –झलनाथ खनाल
कान्तिपुर संवाददाता

काठमाडौँ — साविकको नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन् ।

दाहाल–नेपाल समूहको निष्कर्ष : एमाले र माओवादी अलग अलग जाने

सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको अनौपचारिक बैठकबाट बाहिरिएका खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् ।

‘सर्वोच्च अदालतले जुन फैसला गर्‌यो यो राजनीतिक फैसला हो । यसले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना गरेको छ । तर पनि अदालतले गरेको निर्णयलाई लागू गर्छौं,’ नेता खनालले इकान्तिपुरसँग भने, ‘अब एमाले र माओवादी केन्द्र भइयो । त्यहीँ संघर्ष गर्छौं ।’

बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए । आफूहरु एमालेमै रहेर संघर्ष गर्ने पनि उनले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?