विराटनगरको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड 

देवनारायण साह

विराटनगर — सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि विराटनगरस्थित साविकको नेकपा कार्यालयलाई सोमबार नेकपा एमाले कार्यालयमा परिणत गरिएको छ । एमाले कार्यकर्ताले कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका छन् । 

विराटनगरको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेकपा जिल्ला कार्य समिति मोरङको विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेपछि उद्घाटन गरेका हुन् ।

दुई दल मिलेर नेकपा बन्नुअघि पनि उक्त भवनमा नेकपा एमालेकै पार्टी कार्यालय थियो । सर्वोच्चको आइतबारको फैसलापछि पुन: एमालेकै पार्टी कार्यालय बनाइएको हो ।

नेकपा एमाले पार्टी कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कार्यालयको बोर्ड फेर्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललगायतका नेताहरु पनि उपस्थित थिए ।

प्रकाशित : फाल्गुन २४, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?