कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'पूर्वमाओवादी'ले समर्थन फिर्ता लिए संसद्‌मा विश्‍वासको मत लिन्छु : प्रधानमन्त्री ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्‌मा विश्वासको मत लिने बताएका छन् ।

'पूर्वमाओवादी'ले समर्थन फिर्ता लिए संसद्‌मा विश्‍वासको मत लिन्छु : प्रधानमन्त्री ओली 

आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएको सांसद महेश बस्नेतले जानकारी दिए ।

यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका छन् । उनले सर्वोच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका सांसद सूर्य पाठकले जानकारी दिए ।

‘अदालतले उहाँलाई फैसलाअनुरुप गर्नु भनेर पत्र पठाइसकेको रहेछ । पत्र साविकको नेकपा एमाले अथवा नेकपाको अध्यक्षको हैसियतमा पठाए होला,’ सांसद पाठकले भने, ‘यो फैसला भयो त्यसै अनुसार काम गर्नु भनेर । र अब छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर अरु कामहरु अगाडि बढ्छन् भन्नु भएको छ ।’

पाठकका अनुसार प्रधानमन्त्री ओली लेसभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएका थिए । 'सभामुख साझा व्यक्ति हो । तर, उहाँ सिधै राजनीतिक विषयमा प्रवेश गर्नुभयो । यो संसदको गरिमाअनुरुप भएन भन्ने कुरा प्रधानमन्त्रीको थियो,’ पाठकले भने ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?