प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा हेरफेर

राष्ट्रपतिको पत्र पढेर सुनाइने, शोक प्रस्ताव पारित गरिने
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको आइतबारको पहिलो बैठकको सम्भावित कार्यसूचीमा हेरफेर गरिएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ । यसअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने तेस्रो कार्यसूची भएपनि त्यसलाई हटाइएको छ ।

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा हेरफेर

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिने बताए ।

यसबाहेक बैठकका सम्भावित सूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७, गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश पेश हुने सम्भावित कार्यसूची छ ।

प्रकाशित : फाल्गुन २३, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?