संसद्‌मा केही फेस गर्नु छैन, सामान्य ढंगले चल्छ : प्रधानमन्त्री ओली 

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् सामान्य ढंगले चल्ने बताएका छन् । आइतबार शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद्‌मा ‘फेस’ गर्नुपर्ने केही नभएको बताए ।

संसद्‌मा केही फेस गर्नु छैन, सामान्य ढंगले चल्छ : प्रधानमन्त्री ओली 

उनले भने,'संसद्‌मा के फेस गर्नु छ र ? संसद्‌मा केही फेस गर्नु छैन । संसद् सामान्य ढंगले चल्छ ।'

यस्तै, प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउन सबैलाई अपिल गरे । उनले कोरोना खोप सुरक्षित रहेको भन्दै ढुक्कका साथ लगाउन आग्रह गरे ।

यस्तै, प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जनाएको हो ।

प्रकाशित : फाल्गुन २३, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?