दाहाल-नेपालले भेटे सभामुख

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

दाहाल-नेपालले भेटे सभामुख

आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि उनीहरुले सभामुखलाई भेटेका हुन् । सभामुखसँगको भेटमा के विषयमा छलफल भयो भन्ने खुल्न सकेको छैन ।

प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आइतबार ४ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ४ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो ।

प्रकाशित : फाल्गुन २३, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?