हुस्सु लागेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

कान्तिपुर संवाददाता

काठमाडौँ — शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

हुस्सु लागेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन विमानस्थलका टर्मिनल ड्युटी अफिसरका अनुसार भिजिबिलिटी ३ सय मिटरभन्दा कम भएकाले उडान प्रभावित भएको हो ।

मौसमको प्रतिकुलताकै कारण कुनमिङबाट काठमाडौं आउँदै गरेको हिमालय एयरलाइन्सको उडान होल्डमा रहेको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विराटनगर, भरतपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यका उडानमा पनि ढिलाइ भएको छ ।

घाम लागेपछि बिस्तारै भिजिबिलीटी बढ्दै जाने र त्यसपछि मात्रै उडान सुरु हुने पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका हाल देशका केही पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?