२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

कान्तिपुर संवाददाता

काठमाडौँ — मस्तिष्कघात भएर अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

गत शुक्रबार नर्भिक इन्टरनेसनल हस्पिटल भर्ना भएका उनलाई भेन्टिलेटरबाट हटाइएको स्नायु शल्य चिकित्सक डा. राजीव झाले बताए । ‘यो भनेको अनपेक्षित सुधार हो,’ डा. झाले भने, ‘सोमबार बिहानदेखि नै उहाँलाई भेन्टिलेटरको माध्यमले सास फेराउने क्रम घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रूपमा भेन्टिलेटरबाट निकालिएको हो ।’

मस्तिष्कघातका कारण जोशीको बायाँ भागमा पक्षाघातको आशंका गरिएको थियो । तर बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा सामान्य चलाउन थालेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?