कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बल अब कांग्रेसको हातमा : थापा

कान्तिपुर संवाददाता

भैरहवा — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले फोहोरी र अपवित्र गठबन्धन गरेर सत्तामा जाने कि निर्वाचनबाट ताजा जनादेश ल्याएर सत्तामा जाने निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् ।

बल अब कांग्रेसको हातमा : थापा

भैरहवास्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक अस्थिरता र अराजकताको शृंखला हुन नदिने महत्त्वपूर्ण भूमिका कांग्रेसमाथि निर्भर रहेको बताए । ‘नेकपा विभाजनको संघारमा उभिएका बेला राजनीतिक दलहरूसामु दुईवटा विकल्प छन्,’ उनले भने, ‘अब सांसद किनबेच र अपवित्र गठबन्धन गरेर सरकार चलाउने कि निर्वाचनमा गएर जनताको ताजा जनादेश लिएर सरकार बनाउने ।’ सांसद किनबेच, अपवित्र गठबन्धन गर्दै अस्थिर राजनीतितर्फ जानुभन्दा निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याउनु नै श्रेयस्कर रहेको ठहर आफ्नो पार्टीले गरेको उनले बताए । सर्वोच्चले संसद् पुन:स्थापनाको फैसला गरेपछि मुलुकमा सांसद किनबेच गर्ने, राजनीतिक दलहरूबीच अपवित्र गठबन्ध गर्नेजस्ता कार्यको आभास हुन थालेको उनले बताए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?