वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । गौतमलाई भेट्न ओली शुक्रबार साँझ उनको निवास भैंसेपाटी पुगेका हुन् ।

वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर भैंसेपाटी पुगेको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए । दुवै नेताबीच व्यक्तिगत र पारिवारिक कुराकानी भएको उनले बताए ।

'उपाध्यक्षज्यू केही दिनअघि घरभित्रै लड्नुभएको थियो, सामान्य चोट लागेको थियो । त्यही कुरा सुनेर प्रधानमन्त्रीज्यू आउनु भएको हो', टमटाले भने, 'उहाँहरुबीच कुनै पनि राजनीतिक कुराकानी भएन । स्वास्थ्य अवस्था बुझेर प्रधानमन्त्रीज्यू फर्किनु भयो ।'

प्रकाशित : फाल्गुन २१, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?