कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कैलाली कारागारबाट धरौटीमा छुटे चन्द समूहका दुई नेता

चित्रांग थापा

धनगढी — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको सहमतिपश्चात् कैलाली कारागारमा पुर्पक्षमा थुनामा रहेका दुई नेता धरौटीमा रिहा भएका छन् ।

कैलाली कारागारबाट धरौटीमा छुटे चन्द समूहका दुई नेता

शुक्रबार रिहा हुनेहरुमा चन्द समूहका सेती महाकाली व्युरो इन्चार्ज एवं केन्द्रिय सदस्य ओम प्रकाश पुन तथा सेती महाकाली व्युरो सदस्य विवेक दुलाल रहेका छन् ।

कैलाली जिल्ला अदालतले हातहतियार खरखजाना ऐनअन्तर्गत थुनामा रहेका नेता पुनलाई ५० हजार धरौटी रकम बुझाएपछि रिहा गरेको हो । दुलाललाई पनि विभिन्न ३ वटा आपराधिक मुद्दामध्ये २ मुद्दामा साधारण तारेखमा र १ मुद्दामा ५० हजार धरौटी रकम लिएर रिहा गरेको हो । नेता पुन साउनदेखि कैलाली कारागारमा थुनामा थिए । यस्तै दुलाललाई केही दिनअघि मात्र ललितपुरमा पक्राउ गरी कैलाली कारागारमा ल्याइएको थियो ।

रिहा भएपछि पत्रकारहरुसँगको कुराकानीमा नेता पुनले अबको सरकार दलहरुको सहमतिमा संयुक्त प्रगतिशील बन्न सक्ने बताएका छन् । ‘सबै भंग गरेर नेपालको वर्तमान राज्य व्यवस्थालाई वैज्ञानिक राज्य व्यवस्थामा रुपान्तरण गर्न राष्ट्रिय सरकार गठन हुनु पर्दछ’ उनले भने ।

वर्तमान व्यवस्थामा गडबढ छ भन्ने सबैतिरबाट आवाज उठिरहेको अवस्थामा वैज्ञानिक पुँजीवाद व्यवस्थावा अहिलकै व्यवस्थाबारे जनमतसंग्रह पनि हुन सक्ने नेता पुनले बताए । रिहाईका बेला कारागार र अदालत परिसर पुगेका चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले दुवै नेताको स्वागत गर्दै नारा जुलुससहित धनगढी बजार परिक्रममा गरेका थिए । स्थानीय पार्कमोडमा कोणसभा भएको थियो ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?