कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सोती घटनाका पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ — रुकुम पश्चिमको नरसंहारका साथै देशभरिका जातीय विभेदका विरुद्धविरुद्ध काठमाडौंको माइतीघर शुक्रबार विरोध सभा भएको छ । गत जेठ १० मा नवराजसहित गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र टीकाराम सुनारको बर्बर हत्याविरुद्ध दलित अधिकारकर्मीहरुले विरोधसभा गरेका हुन् ।

सोती घटनाका पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

घटना घटेको झन्डै एक वर्ष बित्न लाग्दा पनि न्याय नपाएको भन्दै दलित अधिकारकर्मीले सभामा आवाज उठाए । सर्वोच्च अदालतमा हुने पेसीमा दबाब दिन उनीहरुले सडकबाट आवाज उठाएका थिए । तर विरोधकै क्रममा पेसी मिति सारिएको खबर प्राप्त भयो ।

राष्ट्रिय दलित आयोगका निवर्तमान कार्यबहाक अध्यक्ष गोविन्द सुनारले न्यायलयले नवराजको पक्षमा न्याय दिनुपर्ने बताए । 'जसले नरसंहारविरुद्ध हत्या गर्‍यो तिनीहरुलाई आजिवन कारबाही हुनुपर्छ । हामी सिंगो दलितहरु हिजोसम्म साधन थियौं । अब साधन होइन हामी शक्तिका रुपमा परिवर्तन भइसकेका छौं । अब हामी चुप लागेर तपाईंहरुको चाकडी गर्न बसेका छैनौं,' उनले भने,'हाम्रा छोरी बहिनीहरु बलात्कृत हुनुपर्ने, हाम्रा छोराहरु यसरी मारिनु पर्ने, यो घटना नदोहोरियोस् । यो देशमा मानव अधिकार छ भने नागरिकले स्वतन्त्रता पाउनुपर्छ, न्यायलयले नवराजको पक्षमा न्याय दिनेछ ।'

दलित मुक्ति जागरण अभियानका राजेश विद्रोहले दलितहरु अझै अन्यायमा रहेको बताए । 'आज हामीले सुन्यौं नवराजको पेसी झार्‍यो । फेरि पनि झारिनेछ । यदि नवराजकै ठाउँमा उनीहरुका सन्तान भइदिएका भए के पटक-पटक पेसी झार्थ्यो त ?, 'प्रश्न गर्दै विद्रोहले भने,'७० वर्षको समयअवधिमा दलित समुदाय अहिलेसम्म पनि किन छुवाछुत, जातिय हिंसाबाट मुक्त छैन ।'

कोरोना महामारीको समयमा नवराज विकलगायत मधेसमा दलितमाथि निर्ममतापूर्वक हत्या र हिंसा घटेको बताउँदै विद्रोहले भने,'कहीँ राजु सदाहरु उपचारबिना मरे । सम्भु सदाहरु प्रहरीको हिरासतमा मारिए । हामीलाई त कानुनको कठघरामा पनि मृतकसरह जीवन छ । न त हामी समाजको विभेदबाट बञ्चित छौं न यो देशको कानुनको अन्याय र अत्याचारबाट बञ्चित छौं ।

अभियान्ता रिता परियारले सर्वोच्चले नवराजकै पक्षमा फैसला सुनाउनेमा आफूहरु आशावादी रहेको कुरा सुनाइन् । 'जाजरकोटमा एकैचोटी ६ जना दलित भाइहरु मारिए । त्यसविरुद्ध एक वर्षदेखि हामी बोलिरहेका छौं । सर्वोच्चले यो मुद्दामा हाम्रै पक्षमा फैसला गर्छ भन्ने कुरामा पूर्ण विश्वास लिएका छौ,' उनले भनिन् ।

विज्ञान र प्रविधिले आकाश चुमिरहेको अवस्थामा दलित अझै आफू मानव अस्तित्वको लागि लड्नुपर्ने अवस्था दुखद रहेको पनि उनले बताइन् ।

अभियान्ता खगेन्द्र सुनारले जातिय हत्या हिंसा विभेदकोविरुद्धमा दलितहरु सडकमा आउने तयारीमा रहेको सुनाए । 'नवराजहरुलाई न्याय दिँदैन भने । हामी लड्न तयार छौं । हाम्रा दिदीबहिनीलाई बलात्कार गर्ने, बाबुहरुको श्रम शोषण गर्ने । मेरो बाबुमाथिको बर्बरातापूर्णको अन्याय रोकिँदैन भने हामी सहिद बन्न तयार छौं । यही सुनाउन हामी काठमाडौं आएका हौं,'उनले भने,' 'हामी मध्य वैशाखमा काठमाडौंमा एक लाख दलित आएर घेर्दैछौं । त्यो दिन दसाैं हजार दमाईहरुले बाजा हान्ने छन् । हजारौं कामीहरुले नारा घन्काउनेछन् । लाखौं दलितहरुले बजाएको बाजाले यहाँका सामन्तीका महलहरुको जग हल्लिनेछ ।'

विरोधसभामा वाग्मति प्रदेशसभा सदस्य कल्पना नेपाली, दलित मुक्ती महासंघका रणबहादुर रम्तेल, जातिय समता समाजका भक्त विक, जात व्यवस्था उन्मुलन मोर्चाका महावीर विश्वकर्मा, दलित उत्थान विकास समिति प्रदेश नं दुईका सन्त मरिक संयुक्त दलित अधिकार मञ्चका पवन, संघिय लोकत्रान्तिक राष्ट्रिय मञ्चका शर्मिला, दलित आयोगका निवर्तमान कार्यवाहक अध्यक्ष लोकेन्द्र सुनार, दलित अधिकारकर्मी सरु सुनार, राजु सुनारलगायत उपस्थित थिए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?