कोरोना अपडेट : २४ घण्टामा १२० संक्रमित, थप ८३ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १२० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप १२० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।

कोरोना अपडेट : २४ घण्टामा १२० संक्रमित, थप ८३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ ।

हालसम्म देशभर २१ लाख ८५ हजार १९० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ८३२ रहेको छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?