२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दाहाल नेकपा संसदीय दलको नेता चयन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता चयन भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेतामा चयन गरिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

दाहाल नेकपा संसदीय दलको नेता चयन

'पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो', उनले भने ।

नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा दाहाल र नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?