पार्टीको आधिकारिकताबारे निर्णयमा ढिलाइ भएकाे भन्दै दाहाल–नेपाल समूह पुगे आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूह शुक्रबार निर्वाचन आयोग गएको छ ।

पार्टीको आधिकारिकताबारे निर्णयमा ढिलाइ भएकाे भन्दै दाहाल–नेपाल समूह पुगे आयोग

बुधबारको बसेकाे समूहको केन्द्रीय कमिटी बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सोही अनुसार बिहीबार पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग छलफल गरेर लिलामणि पाेखरेल, रामनारायण बिडारी, कृष्णभक्त पाेखरेल, राजेन्द्र पाण्डे आयोग पुगेका हुन् ।

यो समूहले निर्वाचन आयाेगमा माघ २० गते दिएकाे दफा ४४ बमोजिम पार्टीको आधिकारिकता मागकाे निवेदन अनुसार निर्णय नगरेको भन्दै त्यसको कारण र छिटो निर्णयको आग्रहका लागि आयाेग पुगेको नेता बिडारीले बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पत्र बुझेपछि आइतबारबाट प्रक्रिया अगाडि बढाउँछु भनेको नेता पाण्डेले बताए । आफूहरुले निर्वाचन आयाेग अनिर्णयको बन्दी बन्नुहुन्न भनेको र ४४१ केन्द्रीय सदस्यकाे बहुमत आफूहरुसँग छ भनेर आयोगलाई जानकारी गराएको नेता पाण्डेले बताए ।

दाहाल-नेपाल पक्षले निर्वाचन आयाेगमा बुझाएको ताकेतापत्र

प्रकाशित : फाल्गुन २१, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?