२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको थियो । यो सहमतिलाई बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले जानकारी दिए । 

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ ।

हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?