२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

माओवादी केन्द्रले चैत २१ मा संयुक्त क्रान्तिकारी जनपरिषद् घोषणा गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले संयुक्त क्रान्तिकारी जनपरिषद्को घोषणा गर्ने भएको छ । यही फागुन १८ र १९ गते बसेको राजनीतिक परिषद् बैठकले आगामी चैत २१ गते आमसभासहित काठमाडौंमा संयुक्त क्रान्तिकारी जनपरिषद्को घोषणासभा सम्पन्न गर्ने निर्णय गरेको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

माओवादी केन्द्रले चैत २१ मा संयुक्त क्रान्तिकारी जनपरिषद् घोषणा गर्ने

पत्रकार सम्मेलनपछि अध्यक्ष कर्णजित बुढाथोकी र महासचिव नरेश शाहीद्वारा जारी विज्ञप्तिअनुसार बैठकले जनपरिषद्को घोषणासभाका लागि व्यवस्थापन समिति गठन, समाजवादी संविधान मस्यौदा समिति, आर्थिक, प्रचारप्रसार उपसमितिहरु गठन, विभागहरु पुनर्गठनलगायत निर्णय भएको उल्लेख गरिएको छ ।

जनपरिषद्को घोषणासभाका लागि अध्यक्ष बुढाथोकीको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । समिति सदस्यहरुमा तिलक थापा मगर, रंगनाथ ढकाल, नरेश शाही, बलराम पुन, मेघबहादुर खत्री, सिंहराज विक, अरुण घिसिङ, शिवसुन्दर राई, सुमन श्रेष्ठ, धनकुमारी मगर, धर्मराज विडवाल, टिपी गौतम, नारायण थापा, मनराज भुजेल, भोजराज त्रिपाठी, लक्ष्मण कार्की, भक्तकुमारी भुजेल, कुमार याक्खा राई, आनन्दराम फुँयाल, आशाकुमारी सञ्ज्याल, राजन घिमिरे लगायत छन् । त्यस्तै जनपरिषद्को घोषणा सभामा जनवादी सांस्कृतिक कार्यक्रम, नेपालका ख्यातीप्राप्त कलाकारको प्रस्तुतिको लागि सचिव अरुण घिसिङको नेतृत्वमा सांस्कृतिक विभागसमेत गठन भएको छ ।

वरिष्ठ नेता तिलक थापा मगरको संयोजकत्वमा २१ सदस्यीय समाजवादी संविधान मस्यौदा समिति, सचिव मेघबहादुर खत्रीको संयोजकत्वमा आर्थिक विभाग, क्रान्तिकारी जनपरिषद्का महासचिव धर्मराज विडवालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

त्यस्तै बैठकले माओवादी पार्टी र शक्तिहरुसँग कार्यगत एकता, रणनैतिक मोर्चा हुँदै पार्टी एकता गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सन्दर्भमा जनसंघर्षका कार्यक्रमहरु अगाडि बढाउने, अखिल नेपाल जेष्ठ नागरिक संघ क्रान्तिकारी गठन गर्ने, वर्तमान परिस्थिति र नेकपा माओवादी केन्द्रको भूमिका विषयक अध्यक्ष बुढाथोकीद्वारा प्रस्तुत प्रस्ताव सुझावसहित एकमतले बैठकबाट पारित भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?