गृहकार्यपछि मात्रै दाहाल–नेपाल समूह निर्वाचन आयोग जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूह आवश्यक गृहकार्यपछि मात्रै निर्वाचन आयोग जाने भएको छ ।

पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको सम्बन्धमा बिहीबार पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग निर्वाचन कमिटीले छलफल गरेको र शुक्रबार पनि फेरि छलफल गरी निर्वाचन आयोगमा जाने/नजाने भन्ने सम्बन्धमा निर्णय भएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार दाहाल-नेपाल पक्षले पार्टीको आधिकारिताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेकोले अब फेरि आयोगमा जाने/नजाने भन्ने विषयमा शुक्रबार बिहान हुने छलफलले तय गर्नेछ ।

गृहकार्यपछि मात्रै दाहाल–नेपाल समूह निर्वाचन आयोग जाने

यसअघि दाहाल-नेपाल समूहका कार्यालय सचिव श्रीराम ढकालले स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेको जानकारी दिएका थिए ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो । बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नपर्ने ठहर गरेको थियो ।

यो समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन ।

यसअघि दाहाल-नेपाल समूहका नेता निर्वाचन आयोग पुगे भनि प्रकाशित भएकोमा सच्याइएको छ । - सम्पादक

प्रकाशित : फाल्गुन २०, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?