१ अर्ब अफर गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न वनमन्त्रीलाई काठ व्यवसायीको चुनौती

कान्तिपुर संवाददाता

काठमाडौँ — काठ कारोबार गर्ने नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) ले एक अर्ब घूसको अफर गर्ने व्यवसायीको नाम सार्वजनिक गर्न वनमन्त्री प्रेमबहादुर आलेलाई चुनौती दिएको छ ।

१ अर्ब अफर गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न वनमन्त्रीलाई काठ व्यवसायीको चुनौती

“वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न लेनदेनको कुरा भएको भए निजको नाम सार्वजनिक गर्न अनुरोध गर्दछौं,” फेनफिटका अध्यक्ष श्याम ढकाल र महासचिव अनिल रन्जितले बुधबार विज्ञप्तिमा भनेका छन्, “त्यस्तो गर्नेलाई नियमअनुसार कडा कारबाही गर्न पनि जोडदार माग गर्दछौं ।”

मन्त्री आलेले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न काठ व्यवसायीहरुबाट एक अर्ब रुपैयाँ अफर आएको दाबी गरेका थिए । सरकारले वैज्ञानिक वनका नाममा अत्याधिक रुख कटानी भएको भन्दै माघ ११ गते २०७१ देखि लागू भएको उक्त कार्यक्रम खारेज गरेको थियो ।

आचारसंहिता र महासंघको उद्देश्य विपरित हुने गलत लेनदेनको घोर भर्त्सना गर्दै फेनफिटले अफवाहका पछि नलाग्‍न सर्वसाधारण र व्यवसायीहरुलाई आग्रहसमेत गरेको छ ।

वन संरक्षण, व्यवस्थापन र उत्पादन गर्दै देशमा वन पैदावारको आपूर्ति व्यवस्था नियमित, सहज र सर्वसुलभ रुपमा सञ्चालन हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको समेत महासंघले प्रष्ट्याएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?