झापामा कार र ट्रक ठोक्किँदा २ को मृत्यु, ४ जना सख्त घाइते

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा बुधबार अपरान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । 

झापामा कार र ट्रक ठोक्किँदा २ को मृत्यु, ४ जना सख्त घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा–माई सडक खण्डमा प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार र ग्यास बोकेको ट्रक एकआपसमा ठक्कर खाई अनियन्त्रित भएको थियो । ट्रकले कारलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अनियन्त्रित ट्रकमा प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल पनि ठक्कर खाएको थियो ।

दुर्घटनामा कारका चालक धरान १६ का दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बुका दिलीप रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

सवारीमा सवार अन्य दुई जना सोलुम्बुकै अन्जु मगर र सुरेश मगरको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।

प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकलका चालक शिवसताक्षी २ का ज्ञानबहादुर प्रसाईं र पछाडी सवार निजकी श्रीमती सोनम श्रेष्ठ पनि घाइते छन् । उनीहरुको पनि उपचार भइरहेको छ ।


प्रकाशित : फाल्गुन १९, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?