कोरोना अपडेट : २४ घण्टामा ८७ संक्रमित, थप ६२ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३ सय ९९ परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ । 

कोरोना अपडेट : २४ घण्टामा ८७ संक्रमित, थप ६२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ ।

हालसम्म देशभर २१ लाख ७३ हजार ५ सय ११ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५९ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?